धरानमा घरघरै चढ्छन् बाँदर

बुधबार, असोज २, २०८१

धरान । जंगलतिरै रमाउनु पर्ने बाँदर अहिले धरान सहरको बस्तीसम्मै पुगेर बिज्याइँ गर्न थालेका छन् । सहरका अग्ला अग्ला घर चहारेर बाँदरहरू आहारको जोहो गर्दै छन् र उपद्राे मच्याइरहेका छन् । धरान नजिकैको विजयपुर जंगल क्षेत्रबाट अहिले हूल बाँधेर ओर्लिने बाँदर जंगल फर्किनै मान्दैनन् । खासगरी धरान-१४ विजयपुर, धरान- १ रेडक्रस लाइन, धरान-२ पुरानो बजार, धरान-३ माछाभौडीलगायत क्षेत्र बाँदरका स्थायी अखडा झैं लाग्छन् । ‘अहिले त कालोपत्र सडकमा मान्छे र बाँदर सराबरी हिँडिरहेका हुन्छन्,’ धरान-२ का विशाल श्रेष्ठले भने, ‘बाँदरले हत्तु हैरान पारिसके ।’ स्थानीयका अनुसार विगतमा सानो झुन्डमा आउने बाँदर यतिबेला सय/दुई सयको संख्यामा हुल बाँधिएर सहर पसिरहेका छन् । स्थानीय बासिन्दा यतिसम्म हैरान भइसके कि कतिपयले घर फलामे जालीले घेरेर राखेका छन् । ‘घरभित्रै पसेर बिगार गर्न थालेपछि घरको सुरक्षाका लागि तारजाली लगाउन बाध्य छौं,’ श्रेष्ठले दुखेसो पोखे, ‘बाँदरले बसिखान नदिने अवस्था भइसक्यो ।’

 

 

 

 

प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार