पाटन अस्पतालका सिनियर ल्याव टेक्निसियनविरुद्ध नक्कली प्रमाणपत्र लिएको आरोपमा मुद्धा दायर

बिहीबार, असोज ३, २०८१

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पताल, लगनखेल, ललितपुरमा सिनियर ल्याव टेक्निसियन दिपेन्द्र यादवले नक्कली प्रमाण पत्र प्रयोग गरेर बढुवा लिएको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले यादवले बढुवा प्रयोजनका लागि पेश गरेको बीएमएलटी तहको शैक्षिक योग्यताका प्रमाणपत्र भारतको मगध विश्वविद्यालय, बोधगयाबाट जारी भएको प्रमाणपत्रहरु नक्कली भएको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०४:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार