लिग-२ मा अमेरिकाको युएईमाथि १० विकेटको सहज जित

बिहीबार, असोज ३, २०८१

काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाले युएईलाई पराजित गरेको छ । बुधबार सम्पन्न खेलमा अमेरिकाले युएईलाई १० विकेटले पराजित गरेको हो । युएईले दिएको १०७ रनको लक्ष्य पछाएको अमेरिकाले १५.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि पहिला टस हरेर पहिला ब्याटिंग गरेको युएईले ३१.२ ओभरमा अल आउट हुदै १०६ रन मात्र बनाएको थियो । यो जितपछि अमेरिकाले ६ खेलमा चौथो जित हासिल गरेको छ र ८ अंकसहित चौथो स्थानमा रहेको छ । त्यस्तै युएईले भने लगातार चौथो हार बेहोरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०४:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार