आइसीसी विश्वकप लिग–२ : नेपाल ओमानसँग पराजित

बिहीबार, असोज ३, २०८१

काठमाडौं ।  आइसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल ओमानसँग पराजित भएको छ । किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा भएको खेलमा नेपाल ओमानसँग १ विकेटले पराजित भएको हो ।  नेपालले दिएको २२१ रनको लक्ष्य ओमानले उक्त लक्ष्य ४९.५ ओभरमा ९ विकेटको क्षतिमा २२३ रन बनाउँदै पूरा गरेको छ ।  किंग सिटीमा मपल लिफ नर्थ वेष्ट क्रिकेट ग्राउण्डमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ९ विकेट गुमाउँदै २२० रन बनाएको थियो ।  यसअघि नेपालका कप्तान रोहित पौडेलले ७२ बलमा २ चौका र ४ छक्कासहित सर्वाधिक ६० रनको महत्वपूर्ण इनिङ खेले । तल्लोक्रममा गुलशन झाले ३५ बलमा ३ चौका र ५ छक्कासहित ५३ रनको आक्रामक इनिङ खेले । गुलशनले ४६ औं ओभरमा ओमानका कप्तान अकिब इलियासलाई समान दुई चौका र छक्कासहित २३ रन प्रहार गरेका थिएका थिए । एक समय १३/१ ओभरमा ३१/३ को अवस्थामा पुगेको नेपाललाई चौथो विकेटका लागि रोहित र आरिफ शेखले ८३ रनको महत्वपूर्ण साझेदारी गरेका थिए । आरिफ शेख ८८ बलमा १ चौकासहित ३५ रनमा आउट भए । ओपनर अर्जुन साउद ५, भीम सार्की, आरिफ शेख ११–११ तथा अनिल साह ३ रनमा आउट भए । सोमपाल कामी ८ बलमा २ छक्कासहित २० रनमा रन आउट भए । सन्दीप लामिछाने १५ बलमा ११ रनमा नट आउट रहे । ओमानका कलिमुल्लाह, फयाज बट, अकिब इलियासले २(२ विकेट लिए । सकिल अहमद र शोएब खानले १–१ विकेट लिए ।
नेपालको प्लेइङ-११ मा तीन परिवर्तन
नेपाली राष्ट्रिय क्रिकेट टिमले आइसीसी क्रिकेट विश्वकप लिग(२ को सिरिज अन्तर्गत आज भएको ओमानविरुद्धको खेलमा तीन परिवर्तन गरेको थियो । नेपालले कुशल भुर्तेल, कुशल मल्ल र दिपेन्द्र सिंह ऐरीको ठाउँमा अनिल शाह, अर्जुन साउद र आसिफ सेखलाई टिममा समावेश गरेको छ ।  सिरिजको पहिलो खेलमा क्यानडाविरुद्ध खराब प्रदर्शन गर्दै १०३ रनको हार बेहोरेको नेपाली टिम यो खेलमा दबाबमा खेल्ने छ । नेपाल र ओमानबीच अहिलेसम्म ७ एकदिवसीय खेल भएका छन्, जसमा नेपालले ३ र ओमानले ४ खेलमा हार बेहोरेको छ । नेपालले लिग–२ मा अहिलेसम्म ५ खेल खेलेको छ । जसमा एक जित हासिल गरेको छ भने ४ खेल हार बेहोरेको छ । त्यस्तै ओमानले अहिलेसम्म खेलेका ४ खेलमा एक जित, २ हार र एक खेल नतिजा बिहिन हुदा अंक बाँडेको छ ।
नेपालको प्लेइङ– ११ 
रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्शन झा, सन्दीप लामिछाने र ललित राजबंशी । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ०४:५८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार