सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

बिहीबार, असोज ३, २०८१

काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । विहिबार सुन तोलामा ८ सयले घटेपछि आज प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको हो । यसअघि बुधबार सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ४ सय रुपैयाँ कायम भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर प्रतितोला १८८० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार