काठमाडौको आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी

बिहीबार, असोज ३, २०८१

काठमाडौं । काठमाडौं महानगरपालिका–१ स्थित आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी भएको छ । आनन्द भैरव मार्गस्थित हिमाल हस्पिटल नजिक डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ घर भएका ३५ वर्षीय सुरेश परियारको कोठाबाट गरगहना, नगद र अरु सामान चोरी भएको हो । कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ५० हजार रुपैयाँ गरी करिब ९ लाख २१ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरु भने फरार छन् ।

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १३:४३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार