वाग्मती प्रदेशमा एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार

बिहीबार, असोज ३, २०८१

मकवानपुर । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ । वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा आज हेटौँडामा आयोजित कार्यक्रममा काठमाडौँ उपत्यकाका १३ र चितवनका दुई गरी १५ जना विद्यार्थीलाई पुरस्कृत र प्रमाणपत्र प्रदान गरिएको हो । वाग्मती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा, मुख्यमन्त्री बहादुर सिं लामा र पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले संयुक्त रुपमा काठमाडौँ उपत्यका र चितवनका विद्यार्थीलाई उत्कृष्ट अंक ल्याएबापत नगद २०, १५ र १० हजार रुपैयाँसहित पुरस्कार र प्रमाणपत्र प्रदान गरे । वाग्मती प्रदेशको युवा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगितामा विजयी हुने खेलाडीलाई प्रदेश प्रमुख देवकोटा र मुख्यमन्त्री लामाले शिल्ड, कप तथा प्रमाणपत्र हस्तान्तरण गरे । संविधान दिवस मूल समारोह समितिद्वारा चारदिने कार्यक्रमअन्तर्गत आज र भोलि साँझ विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय एवं सर्वसाधारण नागरिकहरुले आ–आफ्नो घरमा दीपावली गरी मनाउन आह्वान गरिएको आन्तरिक मन्त्रालय तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले बताए ।

 

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १४:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार