धरहरा चढ्नेको घुइँचो

बिहीबार, असोज ३, २०८१

नौ वर्षपछि सर्वसाधारणका लागि धरहरा खुलेको छ । १२ वैशाख ०७२ को महाभूकम्पले ढलेको धरहरा (भीमसेन स्तम्भ)को छेवैमा अर्को उस्तै धरहरा बनेसँगै बिहीबारबाट सर्वसाधारणका लागि प्रवेश खुला गरिएको हो । सर्वसाधारणले नवनिर्मित धरहरा निःशुल्क चढ्न पाउनेछन्। अर्को व्यवस्था नहुन्जेल सर्वसाधारणले निःशुल्क धरहरा चढ्न पाउने बताइएको छ। खुलेको पहिलो दिनमा नै धरहरा चढ्न ठूलो भिड लागेको छ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार