संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जना पक्राउ

बिहीबार, असोज ३, २०८१

काठमाडौं । प्रहरीले काठमाडौंको बानेश्वरस्थित संसद भवन अगाडि कालो झण्डासहित प्रदर्शन गर्ने ७ जनालाई पक्राउ गरेको छ । बिहीबार दिउँसो संसद भवनको ३ नम्बर गेट अगाडि प्रदर्शन गर्ने उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। एसपी अधिकारीका अनुसार उनीहरू धर्मेन्द्र बाँस्तोला नेतृत्वको नेकपा बहुमतका कार्यकर्ताहरू रहेको खुलेको छ । पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

 

 

 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १५:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार