मधेशी र जनजातिलाई संविधानले सही उत्तर दिएन : महन्थ ठाकुर

बिहीबार, असोज ३, २०८१

काठमाडौं ।  लोकतान्त्रिक  समाजवादी  पार्टी  नेपालका  अध्यक्ष मोहन्थ ठाकुरले संविधान संशोधन भएपनि मधेशी  र जनजातिलाई  हेर्ने दृष्टिकोण अहिलेसम्म परिवर्तन नभएको बताएका छन् । बिहीबार पार्टीले आयोजना गरेको ‘असोज तीन कालो दिन’ विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेशी र जनजातिलाई हेर्ने दृष्टिकोणमा संविधानले सहि उत्तर कहिले नदिएको बताएका हुन् । उनले  भने, ‘जसोतसो  संविधान संशोधन त भयो जसलाई हामी उत्कृष्ट संविधान भन्छौं । संशोधन भएपनि मधेशी मधेशी नै रह्यो । जनजाति  जनजाति  नै रह्यो, हेर्ने  दृष्टिकोण, गरिने व्यवहारमा कहिले  परिवर्तन भएन । संविधानले सहि उत्तर दिइरहेको छैन ।’ साथै उनले  संविधानमा नयाँ कानून बन्नुपर्ने अवस्थामा पनि नबनेको बताए । उनले संविधान अनुसारका कानून नै नबनेको जिकीर गरे । जुन कानून संशोधन हुनुपर्ने हो त्यो संशोधन नभएको बताए ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १६:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार