पर्वतीय उडान सकेर काठमाडौंको स्काइवाक आइपुगे ‘डली चायवाला’

बिहीबार, असोज ३, २०८१

काठमाडौं । भारतका चर्चित व्यक्ति ‘डली चायवाला’ काठमाडौंको बहुचर्चित पर्यटकीय गन्तव्य स्काइवाक आइपुगेको छ । बिहिबार उनलाई स्काईवाकमा एक विशेष भेटघाट कार्यक्रमको लागि बोलाइएको हो । उनी एक साता नेपालमा रहने जनाइएको छ । डली चायवाला भारतको विभिन्न शहरहरूमा आफ्नो अनौठो शैली र व्यक्तित्वका कारण चर्चित छन् । उनी आफ्नो व्यवसाय मात्र नभई सामाजिक सञ्जालमा पनि अत्यन्तै लोकप्रिय छन् । उनी गत सोमबार बेलुकी झापाको काँकडभिट्टा हुँदै नेपाल आएका थिए । उनले बिहीबार बिहान पर्वतीय उडान पनि भरेका थिए । यती एयरलाइन्सको जहाजबाट उनले सगरमाथा, गौरीशंकर हिमश्रृंखलाको अवलोकन गरेपछि सामाजिक सञ्जालबाट नेपालका आकर्षक गन्तव्यको प्रचारप्रसार गर्ने प्रतिवद्धता पनि जनाएका छन् । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार