ठमेलमा ठमेल नखः महोत्सव असोज ११ गते

बिहीबार, असोज ३, २०८१

काठमाडौं । ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौं पोस्टको सहकार्यमा ४४ औं विश्व पर्यटन दिवस–२०२४ को अवसरमा ठमेलमा ठमेल नखः महोत्सव हुने भएको छ । बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी विश्व पर्यटन दिवसको अवसरमा असोज ११ गते महोत्सवको आयोजना गर्न लागेको परिषद्ले जानकारी दिएको हो । संस्कृति, संगीत, कला र खानाको अतीय संयोजन रहने महोत्सव ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । विज्ञप्तिमा लेखिएको छ,‘महोत्सवमा संस्कृति, संगीत, कला र खानाको अतीय संयोजन रहनेछ।ठमेलको भावना र पर्यटनका लागि गतिशील हबको रूपमा विकास गर्ने उद्देश्यले आयोजना गरिएको ठमेल नखः ले नेपालको सांस्कृतिक सम्पदाहरूका विविध अनुभवहरू प्रदान गर्ने एक अद्वितीय हुनेछ। उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरूलाई एकसाथ ल्याउन कार्यक्रम सेट गरिएको छ ।’

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:२१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार