नवज्योति ज्ञानमाला सार्वजनिक

बिहीबार, असोज ३, २०८१

झरुवाराशी (ललितपुर) । ललितपुरको झरुवाराशीस्थित नवज्योति माध्यमिक विद्यालयको बालबालिकाले नवज्योति ज्ञानमाला भाग २ प्रकाशित गरेका छन् । शिक्षा दिवसको सन्दर्भ पारेर बालबालिकाले ज्ञानमाला सार्वजनिक गरेका हुन् ।  ‘ज्ञान , विज्ञान , सीप , उद्यम र मौलिकता : साझेदारी र प्रणालीगत सक्षमता’ मुख्य थिम बनाएर बालबालिकाले ज्ञानमाला प्रकाशित गरेका हुन् ।  राष्ट्रिय शिक्षा दिवस–२०८१ को उपलक्ष्यमा नवज्योति माध्यमिक विद्यालयमा आयोजित एक कार्यक्रममा बालबालिकाहरुको प्रयासमा प्रकाशन गरिएको नवज्योति ज्ञानमाला भाग–२ विमोचन कार्यक्रम सम्पन्न भएको छ ।  गोदावरी नगरपालिकाका १३ नम्बर वडाका वडाअध्यक्ष भास्कर थापासहित प्रधानाध्यापक हरिहर लामिछाने, सहायक प्रधानाध्यापक रामप्रसाद दहाल, बाल क्लब अध्यक्ष सरस्वती जिम्बा, बाल शान्ति परिषदका संयोजक रुपसरी बि.कले ज्ञानमाला पुस्तक विमोचन गरेका हुन् । विमोचन कार्यक्रमको सञ्चालन शिक्षक अन्जना श्रेष्ठले गरेकी थिइन् । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १७:४८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार