मनसुनी वायुको प्रभाव कायमै

कोशी , बागमती र कर्णाली प्रदेशमा वर्षाको सम्भावना 

शुक्रबार, असोज ४, २०८१

काठमाडौं । देशभरी मनसुनी वायुको प्रभाव कायमै छ । मनसुनको न्यूनचापीय रेखा  पश्चिमतिर सरदर स्थानको उत्तरमा र पूर्वमा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 
महाशाखाले जारी गरेको बुलेटिनअनुसार शुक्रबार बिहान कोशी प्रदेश र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ ।  बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मूख्यतया सफा रहेको पनि महाशाखाले जनाएको छ ।    शुक्रबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने र कोशी , बागमती र कर्णाली प्रदेशका केही स्थानहरुमा, गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार