अश्विनको शतकमा भारत बलियो स्थितिमा

शुक्रबार, असोज ४, २०८१

काठमाडौं । अलराउन्डर रविचन्द्रन आश्विनको शतक सहयोगमा भारतले बंगलादेशविरुद्धको पहिलो टेस्टमा बलियो स्थितिमा रहेको छ । दुई खेलको टेस्ट सिरिजका लागि बंगलादेश भारत भ्रमणमा रहेको छ । पहिलो टेस्टमा टस हारेर पहिले ब्याटिङको निम्ता पाएको घरेलु टोलीले पहिलो दिनको खेल सकिँदा ६ विकेट गुमाएर ३ सय ३९ रन बनाएको छ । भारतका लागि आश्विन १ सय १२ बलमा १ सय २ रन बनाएर नट आउट रहेका छन् । रविन्द्र जडेजा १ सय १७ बलमा ८६ रन बनाएर आश्विनको साथमा क्रिजमा रहेका छन् । एकसमय त्यसअघि १ सय ४४ रनमा ६ विकेट गुमाएर संकटमा पुगेको भारतका लागि सातौं विकेटका लागि १ सय ९५ रनको नट आउट साझेदारी गर्दै भारतलाई बलियो स्थितीमा पुर्याए । यसश्वी जैसवालले ५६, रिषभ पन्तले ३९ तथा केएल राहुलले १६ रन बनाएका थिए । बंगलादेशका लागि हसन महमुदले ४ तथा नहिद राना र मेहेदी हसन मिराजले समान १ विकेट लिए ।
  

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०८:१३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार