सोसल मिडिया
Contact Us
युनिकोड
सुर्खेत । राउटे समुदायका एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षिय वृषबहादुर शाही रहेका छन् । ६ महिना देखि बिरामी भएका उनी प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनलाई टीबी भएको प्रदेश अस्पताल सुर्खेतले जानकारी दिएको छ । अस्पतालले उनको उपचार हुन नसक्ने बताएपछि राउटेबस्ती लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको हो । उनलाई धेरै बिरामी भएपछि मात्र अस्पताल ल्याईएको बताइएको छ । अहिले राउटे समुदाय दैलेखको गुराँस गाउँपालिका–१ सिमेसालमा बसिरहेका छन् । उनको मृत्युपछि राउटेको संख्या १३४ मा झरेको छ । राउटेहरुको स्वास्थ्यमा समस्या आउँदा समयमा उपचार नगर्ने र जीवनशैलीका कारण संख्या हरेक बर्ष घटिरहेको छ ।