बार्सिलोना मोनाकोसँग पराजित

शुक्रबार, असोज ४, २०८१

काठमाडौँ । बार्सिलोनाले युइएफए च्याम्पियन्स लिगमा खराब शुरुवात गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोना फ्रेन्च क्लब मोनाकोसँग २-१ गोल अन्तरले पराजित हुदै च्याम्पियन्स लिगको नयाँ सिजनको खराब शुरुवात गरेको हो । यस खेलमा खेलको १०औं मिनेटमा नै एरिक ग्रसियाले रातो कार्ड पाएपछि बार्सिलोना १० खेलाडीमा सिमित भएको थियो । मोनाकोको जितमा मागहनेस अकिलोउच र जर्ज इलेनीखेनाले एक एक गोल गरेका थिए । त्यस्तै बार्सिलोनाका लागि एक गोल लामिन यमलले गरेका थिए । बार्सिलोनाले अब अर्को खेल अक्टोबर २ मा योंग ब्वायजसँग खेल्ने तालिका रहेको छ भने मोनाकोले अर्को खेल डाइनामो जाग्रेबसँग अक्टोबर ३ मा खेल्ने छ ।
 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार