काठमाडौं र ललितपुरमा २ पुरुष मृत भेटिए

शुक्रबार, असोज ४, २०८१

काठमाडौं । काठमाडौं उपत्यकाका दुई फरक ठाउँमा दुई पुरुष मृत भेटिएका छन् । काठमाडौंको टोखा नगरपालिका–३ पन्चेटारमा ६२ वर्षीय शोबिलाल श्रेष्ठ मृत भेटिएका हुन् । उनी पन्चेटारकै कुलोमा बिहीबार मृत भेटिएको प्रहरीले जनाएको छ । त्यसैगरी ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पीमा पनि एक पुरुष मृत भेटिएका छन् ।छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली सोही ठाउँको बुग्मती कुलोको गोरेटो बाटोमा मृत भेटिएका हुन् । दुबै घटनामा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार