भारतविरुद्ध बंगलादेश पहिलो इनिंगमा १४९ रनमा अलआउट

शुक्रबार, असोज ४, २०८१

काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्टमा बंगलादेश १४९ रनमा अल आउट भएको छ । टेस्टको दोस्रो दिन बंगलादेश केवल ४७.१ ओभर मात्र खेलेर १४९ रन बनाउँदै अलआउट भएको थियो । योसँगै बंगलादेश यस टेस्टको पहिलो इनिंगमा २२७ रनले पछाडी परेको छ । बंगलादेशका लागि सकिब अल हसनले सर्बाधिक ३२ रन बनाएका थिए भने मेहिदी हसन मिराजले २७ तथा लिटन दासले २२ रन बनाएका थिए । बंगलादेशलाई अल आउट गर्नेक्रममा भारतीय बलर जसप्रित बुमराहले सर्बाधिक ४ तथा मोहमद सिराज, आकास दीप र रविन्द्र जडेजाले २-२ विकेट लिएका थिए । यसअघि पहिला ब्याटिंग गरेको भारतले आफ्नो पहिलो इनिंगमा ३७६ रन बनाएको थियो । जसमा भारतीय स्पिन बल आर आश्विनले शतक प्रहार गरेका थिए । आश्विनले ११३ रन बनाए भने रविन्द्र जडेजाले ८६ रन बनाएका थिए । 

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार