प्रधानसेनापति भेट्न भारतीय राजदूत जङ्गी अड्डामा

शुक्रबार, असोज ४, २०८१

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देल र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ । शुक्रबार जङ्गी अड्डामा भएको शिष्टाचार भेटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो । यस किसिमको भेटघाटले दुई देश बिच रहि आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  २०:५६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार