सोसल मिडिया
Contact Us
युनिकोड
दोहा । प्रधानमन्त्री केपी शर्मा ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिकाको न्यूयोर्क जाने क्रममा कतारको दोहा आइपुगेका छन् । प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो १.३५ बजे हमाद अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्दा विमानस्थलको विशिष्ट कक्षमा कतारका लागि नेपाली दूतावासका कार्यबाहक राजदूत कुमार राई र दूतावासका वरिष्ठ अधिकारीहरूले स्वागत गरे ।