प्रधानाध्यापकको लापरबाहीले विद्यालयको पठनपाठन प्रभावित

शनिबार, असोज ५, २०८१

सिरहा । सिरहाको एक आधारभूत विद्यालयका प्रधानाध्यापकको लापरबाहीले पठनपाठन प्रभावित भएको छ । जिल्लाको गोलबजार नगरपालिका–६ डोहटियास्थित श्री जनहित आधारभूत विद्यालयकी प्रधानाध्यापक सरिता कुमारी मण्डलको चरम  लापरवाहीका कारण पठनपाठन प्रभावित भएकाे हाे ।  प्रधानाध्यापक मण्डल र सोही बिद्यालयका शिक्षक सिबेन्द्र यादबबीच करिव दुई महिनादेखि प्रधानाध्यापकको लागि चलिरहेको विवादका कारण बिद्यालयको शैक्षिक अवस्था ध्वस्त हुँदै गईरहेको अभिभावकहरूको आरोप छ ।  करार सेवामा कार्यरत मण्डलले विद्यालयका विद्यार्थीहरूलाई उपेक्षा गर्दै आफ्नो कुर्सीको लडाइँमा समय बर्वाद गरिरहेको अभिभावकहरुको गुनासो छ । अस्थायी करार दरवन्दीका दुईजना, एकजना अनुदान, दुइजना बालविकास र एकजना कार्यालय सहयोगीसहित ६ जनाले विद्यालय चलाउनु परेको प्रधानाध्यापक सुनिता मंडलले बताइन् ।

उनले, ‘शिक्षक अपुग रहेकोले पठनपाठनमा समस्या भएको स्विकार गरेकी छिन् ।'  हामी विद्यालय पुग्दा बालविकासमा पढाउने दुईजना शिक्षिका रहे पनि विद्यार्थीहरु कक्षा कोठा कोही सुतिरहेको, कोही रोईकराई रहेको र केही खेलिरहेको पाइयो । प्रधानाध्यापक मंडललाई बोलाएर बालविकासको हाजिरी रजिस्टर हेर्दा पाँच दिनदेखि विद्यार्थीको हाजिर समेत भएको थिएन् । उक्त विषयमा प्रधानाध्यापक सुनिता मंडललाई सोध्दा गैरजिम्मेवार पूर्वक जवाफ दिँदै आफूलाई यो विषय जानकारी नरेहेको बताईन् ।  विद्यालयको प्रमुखले कम्तीमा दैनिक कुन शिक्षक आए नआएको, कुन कक्षा कोठा खाली छ, त्यतातिर पनि ध्यानदिनुपर्ने हो नि ? भन्ने प्रश्नमा उनले, ‘मैले सक्ने गरिरहेको छु । शिक्षकको अभाव  छ भन्दै पन्छिइन् ।’  विद्यालय रजिस्टरमा हाल २८० जना विद्यार्थीको नामाङ्क भए पनि मण्डलको व्यक्तिगत स्वार्थले शैक्षिक अवस्था खस्किन थालेपछि विद्यालयमा ८० देखि एक सय विद्यार्थीमात्र उपस्थित हुने गरेका छन् ।  बाल विकासदेखि कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीहरूले नियमित पठनपाठनमा सहकागी हुन नपाउँदा उनीहरूको भविष्य अन्योलमा परेको अभिभावक रामजतन साहले बताए ।

उनले भने, ‘मेरो दुई जना छोरा–छोरी कक्षा ८ र ४ मा अध्ययनरत छन् । पढाई नै हुन छाडेपछि अर्को विद्यालयमा पठाउने सोच बनाएको छु ।’  उनले थपे, ‘म आफैँ  विद्यालयमा पुगेरै पटक–पटक प्रधानाध्यापकलाई पढाईमा सुधार गर्न अनुरोध गरे । तर, प्रधानाध्यापकले वास्ता नै गर्नुभएन ।' उनले प्रधानाध्यापक मण्डल विद्यालयको शैक्षिक स्तरलाई गिराउने काम गरेको आरोप लगाए । प्रधानाध्यापक पदमा आशिन रहन मण्डलले शिक्षा शाखाका कर्मचारी र पालिकाविरुद्ध उच्च अदालत राजविराजमा मुद्दा दायर गरेकी छिन् । यो मुद्दाले विद्यालयको व्यवस्थापनलाई झन् अस्थिर बनाउँदै लगेको स्थानिय अभिभावकहरुको भनाई छ । 

यता, गोलवजार नगर शिक्षा शाखा प्रमुख सुवोध लामालाई विद्यालईमा पढाई नै हुँदैन भन्ने अभिभावकहरुको गुनासो छ, शाखाले यस विषयमा किन चासो लिएको छैन ? भन्ने प्रश्नमा उनले, ‘शाखामा पनि गुनासो आएको हो । म विद्यालय गएर निरीक्षण पनि गरे । त्याँहा शिक्षकको पनि अभाव छ । हामीले तत्कालै एकजना अङ्गग्रेजी शिक्षकलाई काजमा पठायौं, तर प्रधानाध्यापकले हजिरी हुन दिन अनाकानी गरी रहेकी छन् ।’   उनले भने, ‘विद्यालयका प्र.अ.मंडलले नगरपालिका र मविरुद्ध समेत उच्च अदालतमा मुद्दा दायर गरेकी छन् ।  अदालतले फैसला न सुनाएसम्म हामी केही गर्न सक्दैनौ ।’ पछिल्लो समय बिद्यालयहरुमा राजनीति गर्ने प्रवृत्ति फस्टाएको कारण तराईमा शैक्षिक अवस्था खस्किँदै गइरहेको स्थनीय बुद्धिजीवीहरु बताउँछन् । तराईमा शैक्षिक अबस्था कम्जोर हुनुको मुख्य कारण केही दलिय शिक्षक र रजनीतिकर्मिहरु नै रहेको उनीहरुको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०३:३९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार