४५ दिनपछि ‘दलितलाई खै ?’ आन्दोलन स्थगित

शनिबार, असोज ५, २०८१

काठमाडौं । विभेदविरुद्ध दलितका लागि दलित अभियानको नेल लगाएर प्रदर्शन गरेको ४५ दिन पूरा भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै अभियानका संयोजक खगेन्द्र सुनारले नेल खोलेर ‘दलितलाई खै ?’ भन्ने प्रश्न सहितको पहिलो चरणको नेल प्रदर्शन स्थगन भएको जानकारी गराएका छन् । संयोजक सुनारले दलितको माग पूरा नभए फेरि ६ महिनापछि पुनः प्रदर्शन गर्ने चेतावनी दिएका छन् । उनले ६ महिना पछाडि वार कि पार हुनेगरी तयारीका साथ काठमाडौं आउने बताए । उनले भने, ‘६ महिना पछाडि फेरि यहीँ ठाउँबाट की वार, की पार हुनेगरी तयारीका साथ काठमाडौं आउनेछौं  । केही समयका लागि कार्यक्रमहरू स्थगित भएको जानकारी पत्रकार सम्मेलनबाटै गराएँ । सरकारको उधारो सम्झौता भन्दा जनताको आन्दोलन मजबुत बनाउनुपर्छ भन्ने हाम्रो ध्यान छ र लक्ष्य छ ।’  दलितका लागि दलित अभियानका संयोजक सुनारले ४५ दिनदेखि माइतीघर मण्डलामा शरीरमा नेल लगाएर ‘दलितलाई खै ?’ भन्दै प्रदर्शन गर्दै आएका थिए ।  पछिल्लो पटक मन्त्रिपरिषद् गठन असमावेशी भएको, डेढ दर्जन राजदूत नियुक्ति गर्दा समेत समावेशी व्यवस्थालाई बेवास्ता गरिएको, जातीय भेदभाव र छुवाछुतको निर्मूल पार्नका लागि सरकारले प्रभावकारी कानुन, नीति कार्यक्रम र बजेटको समेत प्रबन्ध नगरेको भन्दै युवाहरूले विभिन्न प्ले–कार्डसहित ¥याली निकालेर दलितलाई खै ? भन्दै प्रदर्शन गर्दै आएका थिए ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०४:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार