यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर 

शनिबार, असोज ५, २०८१

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलरका साथै यूरो र पाउन्ड स्ट्रलिङको मूल्य घटेको छ ।  आज अमेरिकी डलरको भाउ एकको खरिदर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०१ पैसा कायम भएको छ ।  यस्तै, युरोपियन यूरोको आजको मूल्य एकको खरिदर १४८ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५४ पैसा कामय भएको छ । त्यसैगरी, अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७६ पैसा कायम भएको छ ।  युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ४९ पैसा रहेको छ । मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३१ रुपैयाँ ८७ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ । 
 

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार