कति बेला छ दशैँको टीकाको शुभ साइत ?

शनिबार, असोज ५, २०८१

काठमाडौं । बडा दशैँको टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दशैँको टीकाको साइत आज सार्वजनिक गर्दै टीकाको साइत असोज २६ गते ११ बजेर ३६ मिनेटमा रहेको जानकारी दिएको हो । समितिका अनुसार असोज १७ गते घटस्थापनाको साइत विहान ९ बजेर १६ मिनेटमा र असोज २४ गते फूलपातीका दिन तुलजाभवानी यात्रा विहान ७ बजेर ११ मिनेटमा तथा स्थिरासन ८ बजेर ४३ मिनेटमा  तोकिएको छ । त्यसैगरी असोज २५ गते शुक्रवार अष्टमी र नवमी एकै दिन परेको समितिले जानकारी दिएको छ । साथै समितिले सामान्यतया देवीको प्रसाद लगाउन साइटको आवश्यकता नपर्ने समेत स्पष्ट गरेको छ ।

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार