साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित

शनिबार, असोज ५, २०८१

काठमाडौँ । साफ यु–१७ च्याम्पियनसिपमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा शनिबार सम्पन्न खेलमा नेपाल पाकिस्तानसँग १–० ले पराजित भएको हो । पाकिस्तानको जितमा खेलको ८२औं मोहम्मद थलहले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । समूह ‘बी’ मा रहेको नेपालले आउने सोमबार श्रीलंकासंग खेल्ने तालिका रहेको छ ।  

प्रकाशित मिति: शनिबार, असोज ५, २०८१  १९:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार