सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मदन भण्डारी फाउण्डेसनले सिमित स्रोत साधन र प्रतिकुल अवस्थामा पनि वैचारिक योगदान पु¥याएको बताएकी छन् । २५ औँ मदन भण्डारी रुपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार हस्तान्तरण कार्यक्रममा बोल्दै उनले मदन भण्डारी फाउण्डेसन स्थापना भएदेखि लगातार अहिलेसम्म महत्वपूर्ण क्षेत्र शिक्षामा बढि योगदान पु¥याएको बताएकी हुन् । उनले भनिन्, ‘मदन भण्डारी फाउण्डेसन स्थापना भएदेखि सक्रिय रुपमा चलिरहेको छ । यसले सिमित स्रोत साधन र प्रतिकुल अवस्थामा पनि वैचारिक योगदान पु¥याएको छ । राष्ट्रिय जिवनका महत्वपूर्ण क्षेत्रमा वैचारिक कार्यहरू गरिरहेको छ । महत्वपूर्ण क्षेत्र शिक्षा, स्वास्थ्यमा बढि योगदान पु¥याएको छ । कला साहित्यको सबै क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको छ ।’ साथै उनले मदन भण्डारी फाउण्डेसनले राष्ट्रिय भावना, सामाजिक सद्भाव, एकता, सहिष्णुता अभिवृद्धि गरेर राष्ट्रिय एकतालाई मजबुत बनाएको बताइन् । उनले थोरै स्रोत साधनमा पनि यस्तो काम गर्नु एउटा संर्घषशील भएको बताइन् ।