सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बाराको तामागढी–सिम्रौनगढ सडक योजना निर्माण पूरा भएको लामो समय बित्दा पनि अधिग्रहण भएको जग्गाको मुआब्जा नदिएको भन्दै प्रभावित स्थानीयको आन्दोलन जारी राखेका छन् । तामागढी सिम्रौनगढ सहयोेग तथा मुआब्जा संर्घष समितिका अध्यक्ष अनवर अन्सारीलगायका व्यक्तिहरु आन्दोलनरत छन् । अध्यक्ष अन्सारीले काठमाडौंको माइतीघर मण्डलामा आइतबार पनि आफ्नो आमरण अनसन जारी राखेका छन् । उनले मुआब्जा प्राप्तिका लागि माग राख्दै अनसन सुरु गरेको १०५ दिन भइसकेको बताए । उनले सरकारले जग्गा अधिकरण गरेको बापत दिनुपर्ने क्षतिपूर्ती अझैसम्म पनि नदिएको र आश्वासन मात्र दिने गरेको बताए । भारत सरकारको अनुदानमा नेपालमा १० वटा बनेको बाटो ९ वटालाई मुआब्जा दिइसकेको तर तामागढलाई भने झुटो आश्वासन मात्र दिएको कारण अनसन बसिरहेको बताए । करिब ६५ देखि ७० बिघा जग्गाबराबरको दुई अर्ब ९७ करोड ७८ लाख ४० हजार ६ सय २५ रुपैयाँबराबरको मुआब्जा स्थानीयले पाएका छैनन्। उनले भने, ‘हाम्रो जग्गा अधिकरण गरिएको छ । त्यो बापत सरकारले हामीलाई क्षतिपूर्ती अझै सम्मपनि दिएको छैन् । सुरुमा आश्वासन दिइयो, पैसा तपाइँहरुले नियमले पाउने हो भन्यो । तर आजसम्म झुक्याएर सरकारले राखेको छ । एक सुक्का पनि अहिलेसम्म दिएको छैन् । भारत सरकारको अनुदानमा बनेको बाटो हो । नेपालमा १० वटा बाटो बन्यो, त्यसमा ९ वटालाई मुआब्जा दिइसक्यो तर हाम्रो तामागढको अहिलेसम्म पाएको छैन् । झुटो आश्वासन हामीले पाएको छौं । त्यसैले अनसन बसेको हौं ।’ ३९.७५ किलोमिटर लम्बाइको यो सडक दक्षिणमा भारतीय सीमाको दशगजादेखि उत्तरतर्फ महेन्द्र राजमार्गको निजगढ–काठमाडौं ‘फास्टट्रयाक’ जोड्ने महत्वपूर्ण सडक हो । साबिकको १२ वटा गाविस र अहिले सिम्रौनगढ नगरपालिका, कोल्हवी नगरपालिका, बारागढी गाउँपालिका र आदर्श कोतवाल गाउँपालिका गरी चारवटा पालिकाअन्तर्गत पर्ने यो सडक सात मिटर चौडाइको छ ।