‘विश्वलाई दुर्घटना हुनबाट जोगाउन अहिले नै काम गर्न आवश्यक’

सोमबार, असोज ७, २०८१

न्युयोर्क। प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वलाई दुर्घटना हुनबाट जोगाउन अहिले नै काम गर्न आवश्यक रहेको बताएका छन् । न्युयोर्कमा आयोजित ‘समिट अफ द फ्युचर’ मा अल्पविकसित देशहरूको समूह (एलडीसी) को अध्यक्षको हैसियतमा सम्बोधन गर्दै ओलीले एलडीसी मुलुकहरूले आपसी समन्वय, बृहत् पक्ष र विज्ञानमा आधारित नीतिलाई केन्द्रमा राखेर काम गर्नुपर्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री ओलीले उत्पादनशील क्षमता, दिगो औद्योगीकरण, पूर्वाधार र आर्थिक विविधीकरणमा लगानी महत्त्वपूर्ण रहेको बताए । विश्वव्यापी शासन परिवर्तन र संस्थाहरूलाई उद्देश्यका लागि उपयुक्त रूपले समान तरिकाबाट बनाउन बलियो शैलीमा काम गर्नुपर्नेमा पनि उनले जोड दिए । उनले भावी पुस्ताका लागि घोषणापत्र, शान्तिपूर्ण, समृद्ध र दिगो भविष्यको खाका र बहुपक्षीयताप्रति नवीकरणको प्रतिबद्धतालाई संयुक्त राष्ट्रले केन्द्रमा राखेको उल्लेख गरे । प्रधानमन्त्री ओलीले स्थानीय समयअनुसार आइतबार अपराह्न २ बजे ‘समिट अफ द फ्युचर’ लाई सम्बोधन गरेका थिए ।

 

 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार