सोसल मिडिया
Contact Us
युनिकोड
रौतहट । रौतहटको पूर्विभेग राजदेवी नगरपालिकामा एकजना जितिया ब्रतालुको नुहाउने क्रममा पोखरीमा डुबेर मृत्यु भएको छ । राजदेवी ८ लक्ष्मिपुर गाउँ छेउ पोखरीमा सोमबार दिउँसो नुहाउने क्रममा ब्रतालु महिला स्थानीय प्रमोदसाह कानुकी ४५ बर्षिया श्रीमती गिरीजा देवी कानुको डुबेर मृत्यु भएको हो । ब्रतालु महिला नुहाउने क्रममा डुबेको खबर पाउना साथ सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट बेलविछवा र प्रहरी चौकी वेलविछवाबाट गएको संयुक्त टोलीले उद्धार गरी तत्कालै प्रादेशिक अस्पताल गौरमा उपचारका लागि पठाएको थियो । तर डाक्टरले महिलालाई मृत घोषणा गरेको सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर हेक्वा रौतहटका प्रमुख एसपी विक्रम हुमागाईले जानकारी दिएका छन् । मृतक महिलाको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले बताएकी छन् । तराई मधेशमा मनाईने जितिया पर्वको पूर्वसंध्या अर्थात एकदिन अघि नहाय खाय मनाउने चलन छ । नहाय अर्थात नुहाउन स्नानका लागि महिलाहरु समूह समूहमा गाउँ नजिकको नदी, पोखरी, जलासयमा जाने गर्दछन् । राजदेवीमा आज भएको घटना नुहाउने क्रममा खुट्टा चिप्लीएर पोखरीको गहिरो पानीमा लडेर डुबेको हुन सक्ने प्रहरीको अनुमान छ । जितिया पर्व मनाउँदा पितृले मुक्ती पाउने र छोराको आयु लामो हुने घटना दुर्घटनाबाट जोगिने जनविश्वास रहिआएको छ । रौतहटमा कतिपय ठाउँमा आजै नहाय खाए मनाईएको छ भने कैयौं ठाउँमा भोलि मनाईने बताईएको छ ।