दिल्लीकी मुख्यमन्त्री आतिशीले किन राखिन खाली कुर्सी ?

सोमबार, असोज ७, २०८१

काठमाडौँ । भारतको दिल्लीकी मुख्यमन्त्री आतिशी मरलानले आजदेखि आफ्नो कार्यभार सम्हालेकी छन् । तर कार्यभार सम्हाल्ने क्रममा उनले मुख्यमन्त्रीको कुर्सि खालिराखेर अर्को कुर्सिमा बसेपछि विवादित बनेकी छन् । आतिशीले दिल्लीको मुख्यमन्त्रीको रुपमा आफूले अरविन्द केजरीवाललाई नै मान्ने भन्दै चार महिना उनको नाममा आफूले मुख्यमन्त्री चलाउने बताएकी छन् । उनले राम १४ बर्ष बनबास जाँदा भारतले रामको खराउ मागेर सत्ता चलाए जस्तै आफूले खाली कुर्सि राखेर चारमहिना मुख्यमन्त्री चलाउने बताएकी छन् । आतिशीको यो कदमको भारतीय जनता पार्टीले आलोचना गरेको छ । भाजपा सांसद मनोज तिवारीले दिल्लीको मुख्यमन्त्रीको पदभार ग्रहण गरेलगत्तै आतिशीको भनाइको खिल्ली उडाएका छन् । तिवारीले आतिशीले आफूलाई मुख्यमन्त्री नै नमानेको र यसको अनेक अर्थ लाग्ने बताएका छन् । बिजेपीले आतिशी र केजरीवालले दिल्लीलाई लालु-राबडी मोडल र सोनिया-मनमोहन मोडेल चलाउन चाहेको भन्दै आलोचना गरेका छन् । 
 

प्रकाशित मिति: सोमबार, असोज ७, २०८१  २०:०८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार