सिन्धु बहिरा विद्यालयले मनायो २५औं स्थापना दिवस 

विद्यालय पूर्वाधारका लागि खर्च जुटाउने पूर्वमन्त्री मोहनबहादुर बस्नेतको प्रतिबद्धता 
मंगलबार, असोज ८, २०८१

ललितपुर ।  सिन्धु बहिरा विद्यालय बाह्रबिसे सिन्धुपाल्चोकको २५ औं स्थापना दिवस र  विद्यार्थी पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य मोहनबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बाह्रबिसे नगरपालिकाका नगरप्रमुख बालकृष्ण बस्नेत, उपप्रमुख मञ्जु तामाङ्ग, नेपाली कांग्रेसका नेता भुपेन्द्र बहादुर थापा, अरनिको कलेजका प्राचार्य यमबहादुर बस्नेत, राष्ट्रिय अपाङ्ग महासंघका कोषाध्यक्ष कुमार रेग्मी, राष्ट्रीय बहिरा महासंघका निवर्तमान अध्यक्ष केपी अधिकारी, क्यान युकेका आवासीय प्रतिनिधि मुरारी गौतम, क्यान नेपालका अध्यक्ष तेजबहादुर तामाङ्ग, लायन्स क्लब अफ काठमाडौँ रञ्जना सिस्टर्सका अध्यक्ष कल्पना श्रेष्ठ, बागमती प्रदेश बहिरा संघका कृष्ण गजुरेल, इलाका प्रहरी कार्यलयका प्रमुख, ट्राफिक प्रहरी प्रमुख, नगर शिक्षा प्रमुख तोयनाथ नेपाल, मिस युनिभर्सिटी चौथो रनरअप २०२४ का सुजल बम, बाह्रबिसे नगरपालिकका वडाध्यक्षहरु जीवनकुमार भण्डारी, श्याम लामा, विमलप्रसाद पौडेल, कृष्णबहादुर राय लगायतको उपस्थिति रहेका थियो । 

sindu-1727174505.jpg
पूर्वमन्त्री मोहनबहादुर बस्नेतले विद्यालय स्थापना गर्दाका दिनहरू स्मरण गर्दै राजेन्द्र खरेल शिक्षा राज्यमन्त्री हुँदा भोजराज श्रेष्ठ र आफूले गरेको प्रयास बारे बताए । उनले भने, ‘क्याबिनेटबाट निर्णय गरेर शिक्षक दरबन्दीको व्यवस्था गरेका थियौं ।’ अप्ठ्यारो पर्दा स्रोत जुटाएर विद्यालयलाई सहयोग गर्ने गरेको छु ।’ बाह्रबिसे नगरापालिकाबाट कक्षा १२ सम्मका लागि निःशुल्क शिक्षाको लागि सहयोग जुटाएको, कक्षा ८ सम्म बिद्यार्थीहरूलाई दिवा खाजा उपलब्ध गराएको प्रसंग उठाउँदै विद्यालयलाई अझै सहयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।  उनले उक्त विद्यालयको स्तरोन्नतिका लागि सिन्धुपाल्चोक जिल्लाका स्थानीय तहले २०÷२० लाख बजेट विनियोजन गरे आफूले अरु थप बजेट खोज्ने बताए ।

sindu-bhoj-1727174502.jpg
समाजसेवी एवम् नेपाली कांग्रेसका नेता भुपेन्द्रबहादुर थापाले सिन्धुपाल्चोक बहिरा संघका लागि जग्गा उपलब्ध गराउने स्व.फौदसिंह थापाको स्मरण गर्दै अपाङ्गताको क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने धारणा राखे । मिस युनिभर्सको प्रतिस्पर्धामा सुजल बम चौथो रनर अप भएको उदाहरण दिँदै अन्तर्राष्ट्रिय जगतमा अपाङ्गता भएका ब्यक्तिले आफ्नो पहिचान कायम गरेकोमा खुशी व्यक्त गरे ।
क्यान यूकेका आवासिय प्रतिनिधि मुरारी गौतमले विद्यालय स्थापना भएदेखि कम्युनिटी एक्सन युकेले विद्यालय भवन, छात्रबास भवन र जग्गा खरिद समेतमा सहयोग गरेको बताए ।  क्यानले यो विद्यालयलाई बेसाहारा नबनाउने प्रतिबद्धता व्यक्त गर्दै भूकम्पले विद्यालयको संरचनामा क्षति पुग्दा जतिसक्दो छिटो ती भवन बनाएर विद्यार्थी पढ्ने वातावरण सिर्जना गरेको बताए ।  कुमार रेग्मी, केपी अधिकारी, तेजबहादुर तामाङ्ग, कल्पना श्रेष्ठ, तोयानाथ नेपाल, शेरबहादुर राय, बिमल पौडेल पूर्वविद्यार्थी निमा लामाले अपाङ्गता भएका बालबालिकाहरूलाई उचित शिक्षा दिनुपर्ने, उपेक्षा गर्न नहुने, रोजगारीको प्रबन्ध हुनुपर्ने सवाल उठाउँदै बिद्यालयलाई अझै परिस्कृत बनाउंदै नेपालकै अझै उत्कृष्ट विद्यालय बनाउनुपर्ने धारणा राखे ।  उत्कृष्ठ शिक्षक सृजना रञ्जितले सरकारले राहत शिक्षकलाई विभेद गरेको बताइन् । राहतका शिक्षकको संचय कोषको व्यवस्था गर्नुपर्ने उनको माग छ ।  sindu-2-1727174502.jpg

उक्त समारोहमा लाइन्स क्लब अफ काठमाडौ रञ्जना सिस्टर्सका अध्यक्ष कल्पना श्रेष्ठ र पदाधिकारीहरूले सुनाई क्षमता कम भएका बालबालिकालाई ब्याग, जुत्ता चप्पल, खानेपानीको बोतल, कपी कलम, रंगिन कलमलगायतका सामाग्री प्रदान गरेका थिए । 
कार्यक्रममा उक्त विद्यालय स्थापनाको लागि स्विकृति लिन गठित समितिका संस्थापक अध्यक्ष र सदस्यहरूलाई  दोसल्ला ओढाएर सम्मान गरिएको थियो । सम्मानित हुनेमा भरतबहादुर श्रेष्ठ, भोजराज श्रेष्ठ, भरतकाजी श्रेष्ठ, सृजना रञ्जित, सीता श्रेष्ठ छन् । लामो समयदेखि आया पदमा कार्यरत कबिता न्यौपाने, कार्यालय सहयोगीदेखि सिन्धुपाल्चोक बहिरा संघको अध्यक्ष हुँदै नेपाली सांकेतिक भाषाको प्रशिक्षक भै निबृत्त भएका चेतनाथ नेपाललाई पनि सम्मान गरिएको थियो । विद्यालयको उत्कृष्ठ शिक्षकमा छनोट भएका सृजना रञ्जितलाई ‘उत्कृष्ठ शिक्षक’ को रुपमा सम्मान गरियो ।

प्रकाशित मिति: मंगलबार, असोज ८, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार