अस्ट्रेलियामाथि इङल्याण्डको जित

बुधबार, असोज ९, २०८१

काठमाडौँ । जारी एकदिवसीय सिरिजमा इङल्याण्डले अस्ट्रेलियालाई डक वर्थ लुइस नियम अनुसार ४६ रनले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा खेल बर्षाले पुरा हुन नसकेपछि डक वर्थ लुइस नियम अनुसार इङल्याण्ड ४६ रनले विजयी भएको हो । यस खेलमा अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ विकेट गुमाएर ३०४ रन बनाएको थियो । त्यसको जवाफमा इङल्याण्डले ३७.४ ओभरमा ४ विकेट गुमाएर २५४ रन बनाएको अवस्थामा खेल बर्षाले रोकिएको थियो । त्यसपछि डक वर्थ लुइस नियम अनुसार सो अवस्थामा लक्ष्य २०९ रहेकोमा इङल्याण्डले २५४ रन बनाएकोले ४६ रनले विजयी बनाइएको हो । इङल्याण्डका लागि ह्यारी ब्रुकले अविजित ११० रन बनाएका थिए । इङल्याण्डले यो जितपछि सिरिजमा पहिलो जित हासिल गरेको छ । ५ खेलको सिरिजमा २-१ ले अस्ट्रेलिया अगाडी रहेको छ । अब सिरिजको चौथो खेल शुक्रबार हुने छ ।
 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०९:१२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार