छाता ओढाइदेउन' मा  रमेश र रस्नाको अन्स्क्रिन प्रेम ( भिडियो )

बुधबार, असोज ९, २०८१

काठमाडौं  । नायक रमेश उप्रेती र रस्ना पौडेल बीचको अन्स्क्रिन प्रेम र रोमान्सले भरिपुर्ण  डान्सिङ शैलीको   'छाता ओढाइदेउन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायिका रस्ना पौडेल र लोकप्रिय गायक तथा संगीतकार अर्जुन पोखरेलको युगल स्वर सुन्न सकिन्छ। गीतमा शब्द, संगीत र संगीत संयोजन अर्जुन पोखरेलको नै रहेको छ । श्याम तामाङले छायाँकन गरेको यस भिडियोलाई विकाश दाहालले सम्पादन गरेका हुन्।  मौसम हिमालीको निर्देशनमा भिडियो तयार पारिएको हो। भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको हो । 

 
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  ०९:५२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार