चीनले दशकौंपछि गर्यो अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल परीक्षण

बुधबार, असोज ९, २०८१

काठमाडौँ । चीनले प्रशान्त महासागरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक प्रक्षेपण गरेको दाबी गरेको छ । यसमा डमी वारहेड प्रयोग गरिएको बताइएको । चीनले यसलाई नियमित परीक्षण भनेको छ । चीनले अन्तिम पटक सन् १९८० को दशकमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइलको परीक्षण गरेको थियो । चीनले यो आफ्नो सेनाको नियमित र वार्षिक तालिमको हिस्सा भएको बताएको छ । चीनको सरकारी मिडियाले यस क्षेप्यास्त्र प्रक्षेपणको बारेमा वरपरका देशहरूलाई पहिल्यै जानकारी गराएको बताएको छ । अमेरिकी रक्षा विश्लेषक जोन रिजले अमेरिकाको अगाडि आफ्नो शक्ति देखाउन चीनले यो प्रक्षेपण गरेको हुनसक्ने बताएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार