चन्द्रपुरमा अबैध सालको काठ बरामद

बुधबार, असोज ९, २०८१
मयुर प्लाई
Global Ime Bank

रौतहट । पुर्व पश्चिम राजमार्गसँग जोडिएको रौतहटको चन्द्रपुर स्थित प्रहरीले अबैध सालको काठ बरामद गरेको छ। ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरबाट सई जोगेन्द्र चौधरीको कमाण्डमा गएको गस्ती टोलीले चन्द्रपुर ४ जंगल टोल स्थित अबैध रुपमा जंगलबाट चोरी निकासी गरी ४ वटा साईकलमा १२ वटा सालको फल्ली  ल्याउदै गरेको अवस्थामा बरामद गरेको हो । प्रहरीको गाडि मोबाईल टोलिलाई देखी साईकल र काठ छाडी मानिसहरु फरार भएको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन् । बरामद २० क्युफिट भन्दा बढी काठ र साईकल नियन्त्रणमा मानिसहरु खोजी तथा थप बुझ्ने कार्य भईरहेको र काठ ,साईकल आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरमा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार