दिप दान गरी पुन्य कमाउँदै बुङमतिका स्थानीय (भिडियाे)

बुधबार, असोज ९, २०८१

बुङमति (ललितपुर) । असोज १६ गते हुने पिठ पूजाको पूर्वसन्ध्यमा ललितपुर महानगरपालिका २२ नं. वडा बुङमतिका स्थानीय दिप दानमा सहभागी भएर आफ्नो संस्कृतिलाई फैलाइरहेका छन् । सोही क्रममा मंगलबार साँझ बुङमतिको मच्छिन्द्रबहालसहित त्यस आसपासका चैत्य, मन्दिरहरूमा ठूलो संख्यामा स्थानीय महिला उपस्थित भएर दिप दान गरी संस्कृति संरक्षणमा सहभागी पुन्य कमाए । मंगलबार साँझ भएको दिप दान कार्यक्रममा महानगर २२ नं वडाका वडाअध्यक्ष सागर तुलाधार सहित स्थानीय संस्कृति प्रेमि महानुभावहरू पनि उपस्थित हुनुहुन्थ्यो । ठूलो संख्यामा महिला उपस्थित भएर दिप दान गरिँरहदा बुङमति क्षेत्र पुन्य भूमिमा परिणत भएको थियो ।  पिठहरूमा दिप दान गर्नाले कुनै विघ्न–वाधा नआउने स्थानीयको विश्वास रहेको छ । एक महिना अघि अर्थात भदौ १६ गतेबाट बुङमतिका स्थानीयहरूले दिप दान गरी संस्कृतिलाई निरन्तरता दिइरहेका छन् । दिप दानको अन्तिम दिन असोज १६ गते पिठ पूजा हुने ललितपुर महानगरपालिका २२ नं. वडाका वडाअध्यक्ष सागर तुलाधारले जानकारी दिनुभयो ।

Deep-Dan--1727268696.jpg
उक्त दिन ललितपुरका ८ वटा शक्ति पिठहरूमा दिप दान गरिने भएकाले उक्त कार्यमा सहभागी भएर पुन्य कमाउन उहाँले सबैलाई आह्वान गर्नु भएको छ ।   उक्त दिन बुङमतिका तीनवटा पिठ, खोकना, सुनाकोठी, ठेचो तथा चापागाउँस्थित पिठमा दिप दान गरिने उहाँले जानकारी दिनुभयो ।  विविध कारणले स्थगित यो दिप दान कार्यक्रम सात वर्ष पछि पुनः सस्कृतिलाई निरन्तरता दिने युवाहरूको सक्रियतामा यो वर्ष गर्न सफल भएको वडाअध्यक्ष तुलाधारले शब्दपाटीलाई जानकारी दिनुभयो । संस्कृतिप्रेमि युवाहरूको सक्रियतामा सात वर्षदेखि रोकिएको यो कार्य सुरु भएको छ वडा कार्यालयले यसमा सहआयोजकको भूमिका निर्वाह गरिरहेको छ उहाँले भन्नुभयो, ‘यो कार्य संस्कृति संरक्षणको एक पाटोको रुपमा हामीले लिएका छौै ।’दिप दानमा सहभागी ल्हम पुचका भाजुरत्न शाक्यले १६ गते हुने शक्ति पिठमा हुने दिप दानमा सहभागी हुन उपत्यकावासीलाई आह्वान गर्नु भएको छ । Vaju--1727268699.jpg

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १८:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार