सुनिलमणिकाे अर्कोे गीत 'तिम्रो माया’ सार्वजनिक

मनै छुने प्रेममा समर्पित भावनात्मक गीत
बुधबार, असोज ९, २०८१

ललितपुर । गीतकार सुनिलमणि दाहालको ‘तिम्रो माया’ सार्वजनिक भएको छ । प्रेममा समर्पित यो गीत भावनात्मक गीत हो । अमेरिकाबाट गीत भण्डारको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीतमा दाहालले गहिराई भावनात्मक शब्दहरु मार्फत प्रस्तुत गरेका छन् । ‘तिम्रो माया’ गीतको आधिकारिक भिडियो गीत भण्डारको युट्युब च्यानलमा हेर्न सकिन्छ ।
नेपाली आइडलकी पहिलो महिला विजेता सज्जा चौलागाइँले गीतमा आवाज दिएकी छन् । संगीतकार तथा गायक विराज गौतमले केटिएम बिट्स मार्फत गरेको उत्कृष्ट संगीत संयोजनले गीतलाई मनमोहक बनाएको छ । गीतको छायांकन दिपेश गिरीले गरेका छन् भने सह–छायांकारमा निपेश भट्टराई छन् । गीतको सम्पादन, रङ संयोजन, र प्रचार डिजाइन याक्य प्रोडक्सनले गरेको छ ।
गीतकार तथा समाजसेवी सुनिल मणि दाहालको गत भदौको दोस्रो सातामा ‘साईलीले लगाई सारी रातो’ म्युजिक भिडियो सार्वजनिक भएको थियो । उक्त म्यूजिक भिडियो  हिन्दु महिलाहरुको महान चाड तीजको गीतमा केन्द्रित छ । गायिका अनु ढकालले गीतमा स्वर भरेकी छन् भने संगीतकार विराज गौतमले संगीत दिएका छन् । यस भिडियोमा तनूजा आर मगर र अनु ढकालले लोभलाग्दो ढंगबाट नृत्य प्रस्तुत गरेका छन् । अमेरिकास्थित भर्जिनियामा बसोबास गर्दै आएका सुनिल मणि दाहाल डब्लु डब्लु एफ ( वल्ड वाइल्डलाइफ फण्ड) बासिङ्टन डिसीमा वरिष्ठ कार्यक्रम व्यवस्थापकको रुपमा कार्यरत छन् । सामाजिक काम गर्न रुचाउने दाहालले पचासवटा भन्दा बढी गीत लेखिसकेका छन् । नेपाली संस्कृतिलाई प्रबद्र्धन गर्न अमेरिकामा उनले नेपाली गीत भण्डार स्थापना गरेका छन् । उनले भने, ‘ यो भण्डार स्थापना गर्नुको मुख्य उद्देश्य विदेशमा शुद्ध नेपाली भाकाका गीतहरुको प्रचार र प्रबद्र्धन गर्नु हो । ’ गीत भण्डार शुद्ध नेपाली भाकाको गीतको संग्रहका लागि अन्तिम गन्तव्य बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् । यसका साथै भण्डारले ऊर्जावान पप, रक र रोमान्टिक गीतहरू उत्पादन र संग्रहित गर्ने बताए  । उक्त भण्डार मार्फत नै गीतहरु सार्वजनिक भएका छन् । दाहालले रचनामा सार्वजनिक भएका अन्य गीतहरु कैले उकाली, कैले ओराली (स्वरः राम कृष्ण ढकाल),ममता लगायत छन् ।
सार्वजनिक हुने तयारीमा रहेका गीतहरु हावा सरर, मन हरर (स्वरः अस्मिता अधिकारी), हिमाल पनि झुक्छ प्रेमको सागरमा (स्वरः सज्जा चौलागाई) हुन् । त्यसैगरी रेकर्डिंङगका लागि तयार गीतहरु बुवा,म रानी प्रेम महल की (अन्जु पन्त), तिमी मेरो रानी प्रेम महल की (पुरुष), मेरो आँगनकी तुलसी (महिला – धार्मिक गीत)होली आयो, नाचौँ कम्मर मर्काएर (होलीको गीत), ओ मेरी चुलबुल, सारंगीको धुनमा नांची रहेकी छु ,नाम्चे बजारको मायालु कथा,म दुख्छु,आधा रातमा चन्द्रमा झुल्कदा, भूल भयो, माफ गरी देउ,    प्रिया, मेरो नजीक आउ,सपनाको छाया, ढली गयो नी दिन,मेरो मायां एकतर्फी,उर्लेर आयो मन छन् ।

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार