सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै २ करोड ९९ लाख ५६ हजार रूपैयाँको प्याज आयात गरिएको छ । गत आर्थिक वर्षको दुई महिनाको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा २८७.४३ प्रतिशतले बढी प्याज आयात भएको भन्सार विभागको तथ्यांक छ । विभागका अनुसार दुई महिनामा १ लाख ६ हजार ४३३ किलो प्याज आयात गरिएको हो । गत आर्थिक वर्ष साउन र भदौमा ७७ लाख ३२ हजार रूपैयाँ बराबरको ५० हजार ५२७ किलो प्याज आयात गरेको थियो । नेपालमा चीन र भारतबाट सुकेको प्याज आयात हुने गरेको विभागको तथ्यांक छ । भारतबाट १ करोड ५१ लाख २६ हजार र चीनबाट १ करोड ४८ लाख ३० हजार रूपैयाँको प्याज आयात गरिएको छ । गत आर्थिक वर्षभर ९ करोड रूपैयाँको ५ लाख ९३ हजार ५७६ किलो प्याज आयात भएको थियो । सबैभन्दा बढी भारतबाट ५ करोड ५८ लाख ७२ हजार रूपैयाँको र चीनबाट ३ करोठ ४१ लाख ४८ हजार रूपैयाँको प्याज आयात गरिएको थियो ।