सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । हिजोआज काठमाडौंमा धरहरा चढ्नेहरुको भीड छ । निर्माणको काम नसकिंदै सञ्चालन गरिएको २२ तले नयाँ धरहराको छेउमा अलपत्र छ, २०७२ सालमा भूकम्पबाट भत्किएको भीमसेन स्तम्भ (पुरानो धरहराको फेद) । सरकारले पुरानो धरहरालाई सीसाभित्र राखेर संरक्षण गर्ने अनि बाहिरबाट पुरानो (१९९० को भूकम्पअघिको ११ तले) धरहराजस्तै देखिने गरी अर्को धरहरा बनाउने काम अघि बढाएको थियो । पुरानो धरहरा क्षेत्र आसपासको राष्ट्र बैंकको टक्सार र हुलाक सेवा विभागको जग्गा समेत लिएर पुरानो धरहरा र सुन्धारासहितको क्षेत्रलाई भूकम्प संग्रहालयको रुपमा विकास गर्ने भनिएको थियो । तर, भनेअनुसार काम भएन । ठेक्का लगाउँदासम्म सीसाभित्र राखेर संरक्षण र प्रदर्शन गर्ने योजना थियो । तर, नयाँ धरहराको काम हुँदै गर्दा धरहराको ठुटो संरक्षणबारे फरक मत आए । स्थानीयले पुरातात्विक धरहरालाई सीसाभित्र राख्ने योजनाको विरोध गरेपछि सो काम हुन सकेन । त्यसपछि धरहराको भग्नावशेषलाई खुला रुपमै सुरक्षित ढंगले राख्ने योजना बन्यो ।