भारतको बिहारमा जितिया पर्वमा नुहाउने क्रममा ४६ जनाको मृत्यु

बिहीबार, असोज १०, २०८१

काठमाडौँ । बिहार राज्यमा जितिया पर्वमा पोखरी र अन्य ठाउँमा नुहाउने क्रममा ३७ बालबालिकासहित ४६ जनाको मृत्यु भएको छ । बिहार सरकारको प्रकोप व्यवस्थापन विभागका अनुसार राज्यका विभिन्न जिल्लामा जितिया पर्वको समयमा यो दुर्घटना भएको हो । मृत्यु हुनेमा दुई पुरुष पनि रहेको विभागले जनाएको छ । पोखरीमा डुबेर सबैभन्दा बढी आठ जनाको मृत्यु औरंगाबाद र कैमुर जिल्लामा भएको छ । दक्षिण बिहारका जिल्लाहरूमा सामान्यतया पोखरीमा पानी कम हुन्छ तर यस वर्ष भारी वर्षाका कारण पोखरीमा पानी बढी रहेको विभागले जनाएको छ । रोहतास, अरवाल, नालंदा, सिवान र बक्सरलगायत राज्यका अन्य जिल्लामा पनि जितिया पर्वमा नुहाउने क्रममा डुबेर महिला तथा बालबालिकाको मृत्यु भएको छ । जितिया पर्व मंगलबार र बुधबार मनाइएको थियो । यस पर्वमा बिहार, झारखण्ड जस्ता धेरै राज्यहरूमा विभिन्न मान्यता अनुसार महिलाहरू व्रत बस्छन् र नदी वा पोखरीमा नुहाउन पनि जान्छन् ।
 

प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  २२:३६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार