प्रधानमन्त्री ओली र चिनियाँ विदेशमन्त्री वाङबीच भेटवार्ता

शुक्रबार, असोज ११, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले आज चिनियाँ विदेशमन्त्री वाङसँग राष्ट्रसङ्घको मुख्यालयमा भेटवार्ता गरेका हुन् । भेटका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल-चीन द्विपक्षीय सम्बन्धका बारेमा छलफल गरेको र शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित बलियो, समय-परीक्षण मित्रतालाई पुन: पुष्टि गरेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । भेटका अवसरमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार