लगातार बढ्दै सुनको मुल्य, तोलाको एक लाख ६१ हजार नाघ्यो

शुक्रबार, असोज ११, २०८१
मयुर प्लाई
Global Ime Bank

काठमाडौं । सुनको मूल्यमा लगातार वृद्धि भएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि विहिबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो । त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मुल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार