एएफसी यू-२०: नेपाल बहराइनसँग पराजित, एशियन कपमा छनौट हुन असफल

शुक्रबार, असोज ११, २०८१

काठमाडौं । एएफसी यू-२० एशियन कप छनौटमा नेपाल बहराइनसँग पराजित भएको छ । न्यू ताइपेइ सिटीस्थित, फू जेन क्याथोलिक युनिर्भसिटी स्टेडियममा सम्पन्न खेलमा नेपाल बहराइनसँग ४-० ले पराजित भएको हो । यो हारपछि नेपालको एशियन कपमा छनौटको सम्भावना सकिएको छ । नेपालले यसअघि नेपालले पहिलो खेलमा कम्बोडियासँग ४-१ गोलको हार बेहोरेको थियो भने दोस्रो खेलमा नेपालले चाइनिज ताइपेइमाथि ३-१ गोलको जित हात पारेको थियो । त्यस्तै तेस्रो खेलमा नेपाल उज्बेकिस्तानसँग ६-० ले पराजित भएको थियो । त्यस्तै बहराइनको यो जितपछि ३ खेलमा ६ अंक भएको छ र समुह बी मा तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार