उच्च अदालतका १४ न्यायाधीशको सरुवा

शुक्रबार, असोज ११, २०८१

काठमाडौं । न्यायपरिषदले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा गरेको छ । शुक्रबारको परिषदको बैठकले अरु थप २ जनालाई विभिन्न न्यायाधीकरणको जिम्मेवारी तोकेको हो । सर्वोच्चमा ६ न्यायाधीश रिक्त रहेकोमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जाँदाजाँदै दुई क्याडर जजलाई नियुक्ति सिफारिस गरेका छन्। प्रधानन्यायाधीश श्रेष्ठ २० असोजमा सेवानिवृत्त हुँदै छन्।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार