आज राति नारायणगढ-मुग्लिन सडकमा गाडी चलाउन रोक

शुक्रबार, असोज ११, २०८१

चितवन । नारायणगढ-मुग्लिन सडकमा आज रातिको समयमा गाडी चलाउन रोक लगाइएको छ । बिहीबार रातिदेखि परिरहेको वर्षाका कारण रातिमा पहिरोको जोखिम हुने देखिएकोले आज बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म जिल्ला सुरक्षा समितिले सवारी सञ्चालनमा रोक लगाएको हो । यस राजमार्ग भएर गुड्ने सवारी साधनलाई नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा रोकिने छ । शुक्रबार बिहानदेखि परेको बर्षाका करण मुग्लिन काठमाडौँ सडक खण्डमा दर्जनभन्दा बढी स्थानमा स-साना पहिरो जादा सडक अवरुद्ध बनेको छ । 

मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जनभन्दा बढी स्थानमा पहिरो

शुक्रबार बिहानै देखि परेको बर्षाका कारण मुग्लिङ-काठमाडौँ सडक खण्डमा एक दर्जन भन्दा बढी स्थानमा पहिरो जादा सडक अवरुद्ध भएको छ । यस सडक खण्डमा कोइराले, ८ किलो, नागढुङ्गा, सुरुङमार्ग लगायतका लगायसका ठाउमा खसेको पहिरोका कारण यातायात अवरुद्ध रहेको छ । प्रहरीले पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास जारी रहेको बताएको छ । बर्षा नरोकिएकाले अत्यावश्यक बाहेक यात्रा नगर्न समेत प्रहरीले आग्रह गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, असोज ११, २०८१  १९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार