झापा र इलाममा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी बर्षा

शनिबार, असोज १२, २०८१

काठमाडौं । शुक्रबार देशका अधिकांश स्थानमा ‘ठुलो वर्षा भएको छ । मौसम पूर्वानुमान महाशाखाको शुक्रबार साँझसम्मको अपडेटअनुसार पछिल्लो २४ घण्टामा झापाका चार ठाउँ र इलामको एक स्थानमा भारी वर्षा भएको छ । महाशाखाका अनुसार झापास्थित चन्द्रगढी एयरपोर्टमा ३०१ मिलिमिटर, अनारमणि बिर्तामा २५२ मिलिमिटर, गौरादहमा २५०.४ र केचनामा २३४.४ तथा इलामको कन्काई मैनाचुलीमा २९८.६ मिलिमिटर वर्षा भएको छ । महाशाखाले आइतबारसम्म बर्षा हुने भन्दै सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ०४:५५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार