सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले बाढी पहिरोसहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बोलाएका छन् । केन्द्रिय सुरक्षा समितको बैठक आज बिहान १०:३० बजे सिंहदरवारस्थित गृह मन्त्रालयमा बस्दै छ । साथै गृहमन्त्री लेखकले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा, बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रह समेत गरेका छन् ।