हनुमन्ते खोलाले ग्याँस बुलेट बगायो

शनिबार, असोज १२, २०८१

काठमाडौँ । भक्तपुरको हनुमन्ते खोलाले ग्याँस बुलेट बगाएको छ । भक्तपुरतर्फबाट बगाएर ल्याएको उक्त बुलेट बाढीमा बग्दै गर्दा लिक भएको पाइएको छ ।  ग्याँस चुहिँदै बुलेट बगेको देखिएपछि स्थानीयहरु त्रसित बनेका छन् । उनिहौर्ले अहिले यस क्षेत्रमा ग्याँसको कडा गन्ध आइरहेको बताएका छन् ।  बगेको बुलेट अहिले च्यासलस्थित एमाले पार्टी कार्यालय नजिकैको पुलमा अड्किएको स्थानीयले बताएका छन् ।  प्रहरीले घटनाबारे थप विवरण आउन बाँकी रहेको जनाएको छ । 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार