नारायणगढ-मुग्लिङ्ग सडकको ९ किलोमा सडक भाँसियो

शनिबार, असोज १२, २०८१

चितवन । नारायणगढ-मुग्लिङ्ग सडक खण्ड अन्तर्गत ९ किलोमा सडक भाँसिएको छ । सडक दबेको कारण ठूला सवारीसाधन आवागमन पूर्णरूपमा अवरोध भएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ । सडक भाँसिएको ठाउँमा एउटा गाडी पल्टिएको छ । भाँसिएको ठाउँमा ग्रावेल फिलिङ्ग गरी  मर्मतको कार्य हुँदै गरेकोले, उक्त सडक खण्डमा आवश्यक सावधानीका साथ सजकता अपनाई प्रयोग गर्न सडक डिभिजन कार्यालयले अनुरोध गरेको छ । लगातारको बर्षाको कारणले गएराती यस सडकमा यातायातमा रोक लगाइएको थियो ।
 

प्रकाशित मिति: शनिबार, असोज १२, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार